रौतहट, ३० असार । गौर नगरपालिकाले बाढीमा डुबेर मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।
असार २८ गतेका दिन आएको बाढीमा गौर नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो । मृतक परिवारलाई तत्काल १५ हजार क्रिया खर्च उपलब्ध गराइएको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।
बाढीमा डुबेर मृत्यु भएका स्थानीय वडा नम्बर ३ निवासी शिव मंगल पटेल र उमेश राउतको परिवारलाई एक एक लाख रुपैयाँ नगरपालिकाको तर्फबाट तत्काल सहयोग दिने घोषणा गरेको छ ।
बाढी पीडितहरुलाई नगरपालिकाको तर्फबाट राहत वितरण गर्ने कार्य तीव्र रुपमा अगाडी बढ़ाइएको मेयर गुप्ताले जनाएका छन् ।
अहिलेसम्म रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । २ जना अझ बेपता रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया