जनकपुरधाम, ७ साउन । मिथिलाञ्चल क्षेत्रमा मनाईने १५ दिने पर्व मधुश्रावणाी तथा फूललोढी उत्सवको रुपमा मनाउन सरु भएको छ । साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि सुरु हुने मधुश्रावणी पर्व विशेषगरी नवविवाहिताहरुले मनाउने पर्व हो ।
मधुश्रावणी पर्वमा शिवपार्वती तथा नाग देवताको पूजा गर्ने गरिन्छ भने ‘विषहरि’ को पूजामा माटीको सर्प बनाई पूजा गर्ने चलन रहेको छ ।
मधुश्रावणीमा १५ दिनसम्म नवविवाहित महिलाले प्रत्येक साँझ फुलपात टिप्ने गर्दछन्, र त्यही टिपिएको फुलपाल तथा झारहरुले भोलीपल्ट बिहान पूजा गर्ने गर्दछन् । ‘फूललोढी’ मा १५ दिन सम्म वासी फूल र झारपातले नाग देवताको पूजा गर्ने चलन रहेको छ ।
मिथिलाञ्चलमा मनाईने पर्वहरु मध्ये मधुश्रावणीलाई वर्षको पहिलो पर्वको रुपमा लिने गरिन्छ । ‘फूललोढी’ विशेषतः ३ वटा जातिले मात्र मनाउने पर्व हो । जसमा बाह्रमण, कायस्थ र सोनार जातिका नवविवाहिताहरुले यो पर्व मनाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया