माधव नेपाल, उपेन्द्र यादव लगायतको टोली आश्वासन दिएर फर्कियो

समाचार

7/17/2019

काठमाडौं, १ असार । मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनमा गरेर फर्केको छ ।

बाढीपहिरोले पुर्याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली बाढी प्रभावित स्थानहरुको निरीक्षण गरेका छन् ।

मन्त्रीसहितको टोलीले रौतहटको प्रभावित क्षेत्रहरुमा अनुगमन गर्दै राहत र पुनर्वासका लागि कार्य थालिने आश्वासन दिएर फर्केको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रभावित क्षेत्रहरुको हुन सक्ने संक्रमणबाट जोगिन स्वास्थ्य शिविर पनि सञ्चालन गरिने जानकारी दिए ।

यसैगरी, गृमन्त्री थापाले उद्धारको कार्य सम्पन्न भइसकेकोले अब राहत र पुनर्वासका लागि सरकारले अविलम्ब कार्य सुरु गर्ने आश्वासन दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ