मधेशीलाई निःशुल्क लोकसेवाको तयारी

समाचार

12/5/2019

काठमाडौं, २० मंसिर । मधेशी आयोगले लोकसेवा तयारी कक्षा चलाउने भएको छ । लोक सेवा आयोगको अधिकृतस्तरको परीक्षामा सामेल हुन योग्य मधेशी समुदायका व्यक्तिहरूलाई आयोगले तयारी कक्षामा सहभागी गराउन लागेको हो ।

आयोगले पुस १ गतेबाट तयारी कक्षा सुरू हुने सार्वजनिक सूचना निकालेर जनाएको छ । आयोगले निःशुल्क कक्षामा सहभागी हुन चाहने इच्छुकलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, स्नातक तह उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र र मधेशी समुदाय हो भन्ने प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपीसहित आवेदन दिन आयोगले आग्रह गरेको हो ।

यस्तै मस्लिम आयोगले पनि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको हो । तयारी कक्षाका लागि मुस्लिम आयोगले ५० जनालाई पढाइने जनाएको छ भने मधेशी आयोगले संख्या खुलाएको छैन् ।

त्यस्तै मुस्लिम समूदायका विधार्थीले आयोगको कार्यालय जावलाखेलमा आवेदन दिन सक्नेछन् । मधेशी आयोगले यस्तो कक्षा पहिलो पटक गर्न लागेको हो भने मुस्लिम आयोगले यसअघि पनि तयारी कक्षाहरू निःशुल्क रूपमा सञ्चालन गर्दै आइरूहेको थियो ।

मधेशी र मुस्लिम आयोगहरूले चलाउन लागेको यस्ता तयारी कक्षा निश्चय पनि प्रशंसनीय छ तर यस्ता कक्षाहरू काठमाडौंमा मात्र सिमित रहँदा यसले ठूलो संख्यामा लक्षित वर्गलाई समेटन नसक्ने पनि निश्चित छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ