मधेश आन्दोलनका घाइतेहरुले राहत रकम बुझ्न थाले

समाचार

1/23/2019

महोत्तरी, ९ माघ । मधेश आन्दोलनको क्रम २०७२ साल भाद्र महिनामा घाइते भएकाहरुले धमाधम राहत रकम बुझ्न थालेका छन् ।

राहत रकम पाउनेमा जलेश्वर नगरपालिकाका एकजना दलित महिलासहित आठ जना छन् ।

माघ ५ गते बलिदानी दिवसको अवसरमा लहानमा अनुपस्थित भएकाहरु समेत जनकपुरस्थित मुख्यमन्त्रीको कार्यालयबाट राहत रकम बुझेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले बताए ।

घाइतेहरुले २५ हजारदेखि तीन लाख रुपैयाँसम्मको चेक प्राप्त गरेका हुन् ।

राहत रकम पाउनेमा २०७२ भाद्र २३ गते चार गोली लागेर बाँचेका संतोष कुमार साह, एक गोली लागेका विकाश मिश्रा, नन्दन साह, सिवेन्द्र कुमार महतो तथा २०७२ भाद्र २५ गते गोली लागेर घाइते भएका महेश्वर ठाकुर, नागेन्द्र साह तेली, राजाराम मिश्र छन् ।

त्यस्तै राहत रकम पाउनेमा जलेश्वरकै दलित महिला चन्द्रदेवी पासमानको नाम समेत रहेको छ । आन्दोलनमा घाइते भएका शंकर पासवान र सुरेश पासवानले गतबर्ष नै राहत रकम प्राप्त गरिसकेको छन् ।

लामो संघर्षपछि राहत रकम पाएको शरीरमै एकगोली बाँकि रहेको संतोषले प्रतिक्रिया जनाउँदै गोली झिक्न थप सहयोगको आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ