काठमाडौं, ३१ असार । मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा आफ्नो पाँच दिनको तलब दिने घोषणा गरेका छन् ।
बाढीपीडितहरुका लागि सहयोग स्वरूप आफ्नो पाँच दिन बराबरको तलब दिने प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् ।
सहायता कोषमा आयोगका अध्यक्षको ५ दिन बराबर, सचिवको ३ दिन, उपसचिव को २ दिन तथा शाखा अधिकृत र नायबसुब्बा को १–१ दिन बराबर को तलब जम्मा गर्ने निर्णय मधेशी आयोगले गरेको छ ।
अविरल वर्षाका कारण देशभर भएको डुबान र यसबाट सिर्जित मानवीय संकटप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तपाईको प्रतिक्रिया