मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

समाचार

7/2/2019

सप्तरी, १६ असार । खडक नगरपालिका ५ खरचुहियास्थित स.२ प ६३१९ नम्बरको मोटरसाइकललाई ना.४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका(४ बस्ने २० वर्षीय सुरज चौधरीको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ