काठमाडौं, ६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव वल्र्ड इन्भेष्टमेन्ट फोरमको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । स्वीट्जरल्याण्ड सरकार र संयुक्त राष्ट्रसंघको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको छ ।
जेनेभास्थित नेपाली स्थायी नियोगका अनुसार मन्त्री यादवले मन्त्रीस्तरीय गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा उनले अतिकम विकसित राष्ट्रमा वैदेशिक लगानीको प्रवद्र्धनका बारेमा नेपालको आधिकारीक धारणा राख्नेछन् । सम्मेलन कात्तिक ९ गतेसम्म चल्नेछ ।
सम्मेलनमा १५ देशका राष्ट्र तथा सरकार प्रमुख, ५० देशका मन्त्रीहरु र एक सयभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन् ।
बैठकको साइडलाइनमा मन्त्री यादवले व्यापार तथा विकासको लागि राष्ट्रसंघीय महासचिव मुखिसा किटुयी, विश्व व्यापार संगठनका महानिर्देशक रोबर्टो अजेभेडो र विश्व बौद्धिक सम्पत्ति सम्बन्धी संगठन (डब्लुआईपिओ) का महानिर्देशक फ्रान्सीस गुरेसँग छुट्टाछुट्टै द्विपक्षिय भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली स्थायी नियोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया