मिर्गौलापीडितलाई आर्थिक सहयोग

समाचार

9/16/2018

कलैया, ३० भाद्र । दुवै मिर्गाैलाले काम गर्न छोडेपछि विगत आठ वर्षदेखि उपचार गराइरहनुभएका वासु अधिकारीलाई युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ । निजगढ नगरपालिका वडा नं ६ सडकटोलका ४७ वर्षीय अधिकारीको निवासमै पुगेर क्लबका अध्यक्ष उत्सव श्रेष्ठसहितको टोलीले पीडितका छोरा सुवर्ण अधिकारीलाई नगद रु १० हजारको चेक हस्तान्तरण गरेका छन् । अधिकारीको उपचारमा हालसम्म रु १६ लाख खर्च भइसकेको र अझै रु १५ लाख लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएको पीडित अधिकारीका छोरा सुवर्ण अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ