मोरङ, १० कार्तिक । मोरङको छुट्टाछुट्टै स्थानबाट लाखौं मूल्यबराबरको पटाका बरामद गरिएको छ ।
धनपालथान गाउँपालिका–१ नोचाबाट करिब ८० हजार रुपैयाँ मूल्य बराबरको कोब्रा किङ पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएका थिए ।
यसैगरी, सुन्दरहरैचा नगरपालिका–८ बाट करिब १० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटाकाहरु शनिबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएका थिए ।
तपाईको प्रतिक्रिया