विराटनगर, ३१ बैशाख । मोरङमा मंगलबार बिहान मुसलधारे वर्षा र हावाहुरीसँगै परेको चट्याङले एककोे ज्यान लिएको छ । मोरङको रतुवामाई नगरपालिका ४ कठघरामा ५० वर्षीया महिलाको मृत्यु भएको छ भने एकै परिवारका दुई जना घाइते भएका छन् ।
बिहान १ बजेतिर अचानक परेको चट्याङले घरमै सुतिरहेकी सन्झादेवी सिंह गनगाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले सन्झादेवीका देवर ५० वर्षीय बुधलालसिंह गनगाई र बुधलालका छोरा १५ वर्षीय सुरेशसिंह गनगाई घाइते भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया