मिर्चैयामा महाविर झण्डा मेला सुरु

समाचार

11/28/2018

सिरहा, १२ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेला सुरु भएको छ ।

मिर्चैया नगरपालिका बडा नं. ५ स्थित संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले मंगलबारदेखि सुुरु भएको श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव मंसिर १७ गतेसम्म चल्ने छ ।

महोत्सबको पहिलो दिन मंगलबार महाबिरको झण्डा ठड्याइएको छ भने मिर्चैयामा बिशाल कलश शोभा–यात्रा गरिएको छ ।

गाँजाबाजासहित मेला स्थलबाट निस्किएका कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय बतहा खोलामा जल भरेर पुनः मेला स्थलमा पुगि स्थापित गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ