मलद्वारमा लुकाइराखेको सुनसहित चिनियाँ पक्राउ

समाचार

11/30/2019

काठमाडौं, १४ मंसिर । नेपालमा तस्करी तथा अवैध सामान ओसारपसार गर्ने चिनियाँ गिरोह सक्रिय भएको देखिएको छ । नेपालका बैंकबाट पैसा चोर्नेदेखि लिएर सुन तस्करी गर्नेसम्मका गिरोहहरु पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर ईआई ७९९७८८२ वाहक चिनियाँ नागरिक २२ वर्षीय सा लुटुइ एक किलो सुनसहित शुक्रबार राति पक्राउ परेका छन् ।

तिब्बत एयरको उडानद्वारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ