कलैया १७ असोज । पञ्चवर्षीय गढिमाई मेला सञ्चालनमा बाधा व्यवधान खडा भए त्यसबाट उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवार महागढिमाई नगरपालिका तथा स्थानिय शुरक्षा निकाय हुने गढिमाई सञ्चालन तथा बिकाश समितिका अध्यक्ष रामचन्द्र साहले जनाएका छन् ।
साहले शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै मेला सञ्चालको पुर्ण जिम्मेवारी मंदिर सञ्चालन तथा बिकाश समितिको भएको भन्दै त्यसमा खबाधा उत्पन्न गराउन महागढिमाई नगरपालिका तथा केहि ब्यक्तिले समानान्तर समिति बनाएको उल्लेख गरेका छन् ।
आउदो असोज महिना देखि शुरु हेने बिश्वप्रसिद्ध गढिमाईको मेला ब्यवस्थापनको कार्य आफुहरुले जोडतोडका सांथ गरिरहेको समेत साहले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
बिज्ञप्तिमा उनले ‘ बिश्वप्रसिद्ध गढिमाई मंदिर र हरेक पांच वर्षमा लाग्ने पञ्चवर्षिय गढिमाईको मेला यस वर्ष मंसिर महिनादेखि शुरु हुंदैछ ।
मेलाको आवश्यक तयारी गढिमाई मंदिर सञ्चालन तथा बिकाश समितिले जोडतोडका सांथ गरिरहेको छ । मंदिर सञ्चालन समितिको निर्वाचन पनि गत महिना सम्पन्न भई नयां नेतृत्व आएको छ ।
परम्परागत रुपमा गढिमाई मेला सञ्चालनको पुर्ण जिम्मेवारी मंदिर सञ्चालन तथा बिकाश समितिले लिदै आएकोमा यस वर्षपनि मंदिर तथा मेलाका सम्पुर्ण व्यवस्थापनको तयारी जोडतोडका सांथ भईरहेको हो ।
हामि लोकतान्त्रिक देशका नागरिक हौं र लोकतन्त्रमा जनताको मतबाट चुनिआएका प्रतिनिधि नै जनताका सेवक हुन भनि सिद्धान्तका सांथ मेला सञ्चालन प्रकृयामा अघि बढिरहेका छौं ।
तर बिगत केही दिन देखि महागढिमाई नगरपालिका तथा केहि व्यक्तिहरुले परम्परा विपरित मेला सञ्चालनमा बाधा व्यवधान खडा गर्ने मनसायका सांथ विभिन्न खाले क्रियाकलाप जस्तै समानान्तर मेला समिति बनाउने, कार्यालय सञ्चालन गर्ने आदि गरिरहेको देखिएको छ ।
अतः मेला सञ्चालनको पुर्ण जिम्मेवारी मंदिर सञ्चालन तथा बिकाश समितिको भएको र त्यसमा बाधा उत्पन्न गराउने गरी क्रियाकलापहरु भए त्यस क्रियाकलापहरुबाट उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवार महागढिमाई नगरपालिका, स्थानिय सुरक्षा निकाय तथा सो संग सम्बिन्धित सरोकार राख्ने सरोकारवानाहरु हुने कुरा जानकारी गराउंद छौं ।’ भनेका छन् ।
तपाईको प्रतिक्रिया