पर्सा, २० पुस । मेसिन बेरिएर पर्सामा एक युवकको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका–२४ रामगढवा बस्ने २३ वर्षीय शम्भु पटेलको सोही ठाउँस्थित रहेको किरण प्लाष्टिक फ्याक्ट्रीमा काम गर्ने क्रममा शरिरमा ओढेको कपडा मेशीनमा बेरिएर शुक्रबार बिहान मृत्यु भएको छ ।
कपडा मेशीनमा बेरिएर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीरगंज हेल्थकेयरतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया