मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन

समाचार

12/8/2019

काठमाडौं, २२ मंसिर । पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गरेको खुलासा भएको छ ।

दुई वर्षको अवधिमा विपन्न वर्गका ६ सय २९ जना महिलालाई यसरी बेचबिखन गरिएको खुलासा भएको हो ।

समाचार संस्था ‘एसोसिएटेड प्रेस’ले मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन हुने गरेको सार्वजनिक गरेको हो ।

पाकिस्तानी अनुसन्धाताहरुले गरेको अनुसन्धानका आधारमा तस्करहरुको सञ्जालले पाकिस्ताका विपन्न र कमजोर समुदायका महिलामाथि शोषण गरेको बताइएको छ । २०१८ यता पक्राउ परेका महिलाहरुमाथि गरिएको अनुसन्धानका आधारमा उक्त तथ्यांक सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ