काठमाडौं, २७ साउन । मुस्लिम आयोगले मुस्लिम समुदायका पर्वहरुमा राष्ट्रियस्तरको विदाको माग गरेको छ ।
आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले ईद ऊ अजहाको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्तो मागगरेका हुन् ।
मुस्लिम समुदायको कटौती गरिएका ईद–उल–अजहा, मुहम्मद जयन्तीका दिन राष्ट्रिय स्तरमा नै सार्वजनिक बिदा होस् भन्नेबारे मुस्लिम आयोगको निरन्तर प्रयास रहेको अध्यक्ष अन्सारीले जनाएका छन् ।
‘हाम्रो लगातारको प्रयासले गर्दा पनि ईद उल अजहाका दिन सार्वजनिक बिदा दिलाउनमा सफल हुन सकेनौं, कारण प्रधानमन्त्री देश बाहिर रहनुभएकोले क्याबिनेटबाट पास हुनसकेन ।’
अध्यक्ष अन्सारीले भनेका छन्, ’त्यसका लागि हामी समस्त मुस्लिम समाज दुःखित छौं र हामी पुनः प्रयास गर्ने छौं र निरन्तर प्रयासरत रहनेछौं कि मुहम्मद जयन्ती, ईद उल फित्र र ईद उल अजहाका दिन नेपाल सरकारले सार्वजनिक बिदा दियोस् ।’
तपाईको प्रतिक्रिया