मुसहर समुदायका महिला र पुरुष मजदूरको ज्यालामा विभेद !

समाचार

8/14/2019

महोत्तरी, २९ साउन । महोत्तरी जिल्लाका सदा(मुसहर) समूदायका महिला र पुरुष मजदूरको ज्यालामा जग्गाधनीहरुले विभेद गरिरहेका छन् भने सिरहा जिल्लामा भने दुबैबीच ज्यालामा समानता देखिएको छ ।

एकडारा गाउँपालिका ३ सदा बस्तीका महिलाहरुले खेतमा धानको बीउँ उखेले वापत तथा धानरोपे वापत तीन÷चार किलो चामल पाउने गरेकी छिन् । उनीहरुलाई विहानदेखि दिउँसो १२ बजेसम्म खेतमै काम गर्नुपर्छ ।

त्यही पुरुषहरुले त्यत्तिकै समय काम गर्दा जग्गाधनीहरुले पाँचसय रुपैया पाउने गरेका छन् । जग्गाधनीले महिला मजदूरलाई सजिलो काम भएकोले नै चामल मात्रै दिने गरेको सुबन्सा सदाले बताए ।

महिलालाई चामल मात्रै दिएको बिषय खासै महत्वको नभएको उनले बताए । त्यही मनरासिस्वा नगरपालिका १० मधवाका कलसिया सदाले मजदूरीमा विभेद भइरहेको बताइन् ।

उनले यसबारे आफ्नै समूदायका पुरुषहरुले आवाज नउठाउँदा समान ज्याला नपाएको बताइन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा मुसहर जातिको जनसंख्या २३ हजार ३६४ छ । जसमध्ये ११ हजार ७३४ पुरुष र ११ हजार ६३० महिला छन् । यी समूदायमध्ये अधिकांश विपन्न छन् ।

अधिवक्ता विकरु यादवले संविधानको धारा १८ (४) मा समान कामका लागि लैगिंक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने उल्लेख भएकोले कुनै जग्गाधनीले पुरुष र महिलालाई एउटै काममा लगाउँदै समान ज्याला दिइनुपर्ने बताए ।

उनले असमान ज्याला दिइएको विषयलाई लिएर सरोकारवाला निकायमा जाँदा कारबाही हुने जानकारी दिए ।

सिरहा जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिका सखुवाका किसान सदाले यस क्षेत्रमा महिला तथा पुरुषहरुले समान ज्याला पाउने गरेको बताए । यी समूदाय माटोसँग सम्बन्धित कामको लागि मजदूरी गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ