महोत्तरीबाट बाह्र बोरको बन्दुक बरामद

समाचार

8/31/2019

महोत्तरी, १३ भाद्र । महोत्तरी जिल्लाको सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट एपीएफ टोली र स्थानिय प्रहरीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानिय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो ।

बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ