महोत्तरीमा कडा सुरक्षा व्यवस्था

समाचार

11/29/2019

जलेश्वर, १३ मंसिर । महोत्तरीमा हुने उप निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

चुनावका कारण सुरक्षा संवेदनशीलता बढेसँगै यस भेगमा सेना, सशस्त्र र प्रहरीको गस्ती बढाइएको छ ।

पिपरा गाउँपालिकामा अध्यक्ष पद र मटिहानी तथा बलवा नगरपालिकाका ३ वडाका वडाध्यक्षका लागि शनिबार उपनिर्वाचन हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नेपाल–भारत सीमा क्षेत्र र सवारी जाँचमा कडाइ गरिएको छ भने गाउँबस्तिमा पनि सुरक्षा गस्ति बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चुनाव अवधिभर सेना, सशस्त्र र नेपाल प्रहरीका थप एक हजार ५ सय सुरक्षाकर्मी परिचालित गरिएको बताए । महोत्तरीको सीमा क्षेत्र भारत बिहारको सीतामढी र मधुवनी गरी २ जिल्लासँग जोडिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ