महोत्तरीमा नौ लाख रुपैयाँ लुटपाट

समाचार

11/12/2018

महोत्तरी, २५ कार्तिक । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम लुटपाट भएको छ ।

सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट रकम लिएर घरतर्फ आउँदै गर्दा महोत्तरी र धनुषाको साँधमा पर्ने बिग्हीपुलमा हतियारधारी चार जनाको समूहबाट लुटिएका हुन् ।

मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईवटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको नौ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ