महोत्तरीमा ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

समाचार

12/24/2019

जलेश्वर, ९ पुस । मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराजले नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् ।

महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललाई मंगलबार डा. अहिराजले रु.५१ हजार हस्तान्तर गर्दै अक्षयकोष स्थापनाका साथ पुरस्कार स्थापना गरेका हुन् ।

सो रकम नेपाल पत्रकार महासंघ शाखाको बैंक खातामा १० वर्षको लागि अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषबाट वार्षिक रूपमा आउने ब्याजको रकमबाट प्रत्येक वर्ष महोत्तरीबाट मधेशको हकहितका लागि समाचार लेख्ने तथा मधेश मामिलामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले बताएका छन् ।

विसं २०४६ मा सद्भावना परिषद्को स्थापना हुँदा सो परिषद्को संस्थापक रामचन्द्र मिश्र रहेको तथा मधेशका लागि धेरै योगदान दिएको स्मरण गर्दै डा. अहिराजले महोत्तरीमा उनकै नाउँमा पत्रकारिता पुरस्कार स्थापना गरिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ