महोत्तरी खुल्ला दिशामुक्त घोषणा

समाचार

9/19/2019

जनकपुरधाम, २ असोज । महोत्तरी जिल्लालाई एक कार्यक्रम बीच खुल्ला दिशा मुक्त घोषणा गरिएको छ । जलेश्वरमा आयोजित कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले घोषणा पत्र बाचन गर्दै महोत्तरी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिए पनि जनमानसमा सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । उनले भने – घरमा शौचालय बनाइए पनि त्यसमा बस्ने बानीको विकास गर्न सबै निकायलाई समन्वय गर्दै जनमानसमा साकारात्मक सोचको विकास गर्नु आवश्यक छ ।

मुख्यमन्त्री राउतले कतिपय दलित बस्तीहरुमा अझै शौचालयको आभाव रहेको उल्लेख गर्दै त्यस्ता बस्तीहरुको पहिचान गरि शौचालय निर्माणको लागि सहकार्य गर्न स्थानीय तहका प्रमुखहरुसँग आग्रह समेत गरे ।

प्रदेश सरकार स्वच्छताप्रति सजग रहेको उल्लेख गर्दै प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान संचालन गरेको छ । त्यस अन्तर्गत अगामी दिनमा स्वच्छतामा दिगो विकासको लागि विभिन्न कार्यक्रम संचालन गर्दछौ ।

त्यसमा सबै तह र निकाय सहकार्य गर्न आग्रह गर्दछौ । जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको खुल्ला दिशामुक्त कार्यक्रममा विभिन्न अभियानीहरुलाई सम्मान समेत गरिएको थियो । यसैबीच मुख्यमन्त्री लालबाबु राउतले जलेश्वर नगरपालिकामा हरियाली अभियान अन्तर्गत वृक्षारोपणको शुभारम्भ समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ