महानगरपालिकाको सहयोगमा आँखाको निःशुल्क अपरेशन

समाचार

9/22/2019

वीरगन्ज, ४ असोज । महानगरपालिकाको सहयोगमा माट्रिका आई फाउन्डेशनद्वारा आँखाको अपरेशन गरिएको छ ।

महानगरपालिकामा रहेका सिमान्तकृतवर्गका जनताहरुको निःशुल्क मोतीयाविन्दुको अपरेशन गर्ने योजना अनुसार ६७ जनाको आँखाको अपरेशन गरिएको छ ।

नेशनल ट्रेडिङ्ग अगाडि रहेको माट्रिका आई फाउन्डेशनको कार्यालयमा बिहीबार र शुक्रबारसम्ममा ६७ जनाको आँखाको अपरेशन गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौका ६० र अरु वडाका ७ जना गरी ६७ मोतियाबिन्दुका रोगीहरुको आँखाको अपरेशन डा नम्रता गुप्ताले गरेकी हुन् ।

अपरेश गरिएको ठाउमा महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी शुक्रबार बिहान पुगेर बिरामीहरुको स्थास्थ्य अवस्थाको जानकारी समेत लिएका थिए ।

नगर प्रमुख सरावगीसंगै समाजवादी पार्टीका केन्द्रीय सदस्य शशिकपुर मियाँ, राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, अजय साहट र ज्योती यादव लगायतको नेताहरुले बिरामिहरुको स्वास्थय अवस्थाको बारेमा जानकारी लिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ