सुनसरी, २० कार्तिक । इटहरी उपमहानगरले महिला फुटबल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ ।
उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटबल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निशुल्क छात्रा फुटबल प्रशिक्षण सुरु गर्न लागेको छ ।
मंसिर १ गतेदेखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई दुई जना छात्राको नाम खेलकुद शाखामा पठाउन माग गरिएको छ ।
सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले ब्यवस्था गर्ने बताइएको छ । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता गरिसकेको छ ।
छात्राहरुलाई प्रशिक्षण दिई फुटबल खेलप्रति आकर्षित गर्दै खेलाडी तयार गर्न इटहरी उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा छात्रा फुटबल प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमले बताइन् ।
तपाईको प्रतिक्रिया