महिला हिंसा न्यूनीकरणका लागि नेपाल प्रहरीको जवाफदेहिता कार्यक्रम सम्पन्न

समाचार

4/2/2019

धनुषा, १९ चैत । जनकपुरधाममा “प्रदेश स्तरीय महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षा नेपाल प्रहरीको जवाफदेहिता” विषयक राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन पुलचोक ललितपुरको आयोजना, मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुर धनुषाको सहआयोजना तथा प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

धनुषा जनकपुर उपमहानगरपालिका–२२ स्थित वेलकम होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले सहभागिता जनाएका थिए ।

प्रदेशस्थित सरोकारवाला सम्बन्धित निकायहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालको संबिधानले महिलाको हक सम्बन्धि गरेको ब्यवस्था, बिभिन्न अन्तर्रा्ष्ट्रिय सन्धि सम्झौताहरुले महिलालाई प्रदान गरेका सेवा र सुरक्षा, महिला हिंसा बिरुद्दको अपराधमा प्रचलित कानुनले गरेको ब्यवस्था, मानवअधिकार विषयक लगायतका २ नम्बर प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरुमा ३३ वटा महिला तथा वालवालिका सेवा केन्द्रहरु स्थापना गरी प्रदान गरिएका सेवाहरु, भइरहेका कारवाही र प्रगति सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा प्रदेश २ का सांसदहरु, प्रमुख जिल्ला अधिकारीहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका पदाधिकारिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ