वीरगन्ज, १४ कार्तिक । भारतीय महावाणिज्य दूतावास वीरगंजले छठ पर्वको शुभअवसर पारी एकता दौडको आयोजना गरेको छ ।
एकता दौड कार्यक्रममा वीरगंजको दूतावास अगाडीबाट बिहीबार बिहान दौड सुरू गरी पावरहाउस चौकसम्म पुगेर पुनः दुतावास अगाडी फर्किएर दौड सम्पन्न गरिएको थियो ।
एकता दौड सम्पन्न पश्चात भारतीय महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूतले दौड स्वास्थ्यका लागि लाभदायक भएको बताए ।
प्रत्येक व्यक्तिले विहान पख अनिवार्य रूपमा दौड्ने गरेमा सदा निरोगी रहने बताए । एकता दौडमा भारतीय महावणिज्य दूतावासका कार्यवाहक दूत रमेश चतुर्वेदी, वाणिज्य दूत विनोद लोसाली, सुरेश कुमार र डा.कोट्राश्वामी रहेका थिए ।
त्यसैगरी दूतावास अगाडीबाट भएको दौडमा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया