काठमाडौं, २० फागुन । टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ ‘महाशिवरात्री तथा सेना दिवस २०७५’सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सेना दिवसको शुभ अवसरमा राष्ट्रपति श्रीमती भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।
सोहि क्रममा नेपाली सेनाले सम्माननीय राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिए पश्चात विभिन्न पाटा, षट्कोण फर्मेशन, तथा ’सेना दिवस २०७५’ को आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाँई गरिएको थियो ।
सोही अवसरमा सैनिकहरुबाट फ्रि(फल जम्प, सशस्त्र सैनिक युद्धकला, मार्च पाष्ट, विभिन्न झाँकी तथा भेषभुषाहरु, सैनिक युद्धकला, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हातरहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो ।
तपाईको प्रतिक्रिया