यूएनएफपीएद्वारा मर्यादा सामग्री हस्तानान्तरण

समाचार

7/19/2019

रौतहट, २ साउन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्ट्रेलियन एड र युएनएफपिएले बाढीपीडितलाई वितरण गर्नका लागि गौर नगरपालिकालाई मर्यादा सामग्री हस्तान्तरण गरेका छन् ।

दुवै संस्थाले उपलब्ध गराएका किशोरी किट र डिगनिटी किट यूएनएपÞmपीएका जिल्ला कार्यक्रम संयोजक भावनाथ झाले गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्तालाई बुधबार हस्तान्तरण गरेका हुन् ।

गएको असार २८ गतेका दिन आएको बाढीले प्रभावित भएका महिला तथा बालिकाको व्यक्तिगत सुरक्षाका लागि मर्यादा सामग्री उपलब्ध गराइएको झाले बताएका छन् ।

गौर नगरपालिकालाई डिगनिटी किट ५ सय र किशोरी किट २०० थान उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ