बारा, १७ जेठ । जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित पूर्व पश्चिम राजमार्गको १४ किलो भन्ने स्थानमा यात्रुबाहक बस लुट्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
सिन्धुली मरिण गाउँपालिका ५ घर भई हाल निजगढ बस्दै आएका २६ वर्षीय संघर्ष थिङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको ना.७ ख २७९० नम्बरको बसलाई अपरिचित व्यक्तिहरुले रोकि बसको सहचालकको साथमा रहेको नगद ४५ हजार रुपैयाँ र १ थान मोबाइल लुटि फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले थिङलाई ज.१२ प ४६८० नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा निजगढ नगरपालिका तामागढी गेट नजिकबाट पक्राउ गरेको हो जनाएको छ ।
लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया