यात्रु सहायता कक्ष उद्घाटन

समाचार

9/23/2019

वीरगन्ज, ५ असोज । वीरगंज बसपार्कमा यात्रुहरुको सहजको निमित्त आइतबार यात्रु सहायता कक्षको उद्घाटन गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरी रोटरी क्लबका अध्यक्ष डा. आनन्द कुमार झा र पर्साका प्रहरी नायब उपरिक्षक अनन्तराज शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

चाडपर्वमा यात्रुहरुलाई सहज होस भनी सो कक्षको स्थापना गरिएको हो ।

चाडपर्वको अवसरमा बसपार्कमा बढी यात्रुहरुको भिडभाड हुने गरेको मौका छोपी लुटपाट गर्नु, चोरी गर्नु, तोकिएको टिकट दरभन्दा बढी भाडा असुल गर्नु जस्ता कार्यबाट सुरक्षित राख्नको लागि सो कक्षको शुरुवात गरिएको पर्सा ट्राफिक प्रहरी निरिक्षक राज कुमार सिंहले जानकारी दिए । पीडित व्यक्तिको गुनासो अनुसार त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही समेत गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ