काठमाडौं, ११ मंसिर । नेपाल नीति अध्ययन केन्द्रले यथार्थमा आधारित वार्ताको माध्यमबाट सीमा विवादको समाधान निकाल्न सुझाव दिएको छ ।
नेपाल र भारतबीच युगौंदेखि रहँदै आएको सुमधुर सम्बन्ध कायम राख्न दुवै देशका सरकार र जनतालाई संयमित हुन पनि केन्द्रले आग्रह गरेको हो ।
भारतले काश्मीर निर्णयपछि जारी गरेको राजनीतिक नक्साका कारण विवाद खडा भएको हो । दुवै देशका कुटनीतिक तथा सीमा विज्ञहरुलाई राखेर समस्या समाधान गर्नुपर्ने चौतर्फी आवाज उठिरहेको छ ।
तपाईको प्रतिक्रिया