युवकमाथि छुरा प्रहार

समाचार

7/30/2019

जनकपुरधाम, १४ साउन । अपरिचित दुई जना व्यक्तिको समूहले एक युवकमाथि छुरा प्रहार गरेको छ ।

मुंजय राउत माथि मंगलबार छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहार राउत गम्भीर घाइते भएका छन् ।

आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका थिए ।

छुरा प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ