काठमाडौं, १० साउन । मनसुनपछिको विपद्का कारण मुलुकभर १ सय ११ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् ।
पहिरोबाट ४५ र भारी वर्षाका कारण ८ जनाले ज्यान गुमाएका हुन् । हालसम्म बाढीबाट १ सय २८ घटना भयो भने पहिरोका २ सय ८ घटना भएको केन्द्रले जनाएको छ ।
बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् । हालसम्म बाढीबाट १ अर्बभन्दा बढीको क्षति भएको छ । पहिरोबाट २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ ।
बैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।
सिराहामा ७ र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा ५/५ तथा महोत्तरी, मोरङ, ओखलढुंगा, लमजुङ र डोल्पामा ४/४ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौं, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा ३/३, सुनसरी, धादिङ, दाङ र बारामा २÷२ जनाको ज्यान गएको छ ।
उदयपुर, पाँचथर, संखुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा १/१ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा ६ जना अझै बेपत्ता छन् । सिन्धुलीमा ४, इलाम र मोरङमा ३/३, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा २/२ जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्चनपुरमा १/१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् ।
प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा ८/८ तथा काठमाडौं, सिराहा र रौतहटमा ५/५ जना घाइते भए ।
मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा १/१ जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा २/२ जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा ३/३ जना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया