राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

समाचार

9/22/2019

काठमाडौं, ४ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन् ।

‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह गरेका हुन् ।

‘लामो राजनीतिक आन्दोलन र अभियानपछि देश स्थिरतातर्फ अगाडि बढेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अब राजनीति र समाजलाई शुद्धिकरण गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।’

नेपाल जस्तो सुन्दर र प्राकृतिक रुपमा विविधतापूर्ण देश गरीब हुनु बिडम्वनापूर्ण भएको बताउँदै तिमिल्सिनाले देश विकासका लागि नेतृत्व लिन युवालाई आग्रह गरे ।

‘अहिले देशमा तीन पुस्ता सक्रिय छ, पहिलो २०४६ अगाडिको पुस्ता, जसले स्वतन्त्रता र प्रजातन्त्रका लागि लड्यो । दोस्रो पुस्ताले विभिन्न संघर्षमार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गराउन सफल भयो,’ उनले भने, ‘त्यसपछिको युवा पुस्ताले अहिलेसम्म हासिल उपलब्धीलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउनका लागि नेतृत्व गर्ने हो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ