राजपाको संयोजकमा यादव

समाचार

7/22/2019

काठमाडौं,६ साउन । राष्ट्रिय जनता पार्टी नेपालको (राजपा) अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव चयन भएका छन् । आलोपालो प्रणालीमा मण्डल संयोजक बनेका हुन । यसअघि अनिलकुमार झा अध्यक्ष मण्डलका संयोजक थिए । २०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको हो । सुरुवातमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए । लामो समयसम्म अधिवेशन नभएपछि नेतृत्वमा चक्रीय प्रणालीमा सहमति भएको थियो । अहिले दुई–दुई महिनामा संयोजक फेरिने सहमति अनुसार यादव संयोजक चयन भएका हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ