राजपानिकट विद्यार्थी संघका अध्यक्षमाथि हातपात

समाचार

7/15/2019

काठमाडौं, ३० असार । काठमाडौंको सातोबाटोस्थित कसमस कलेजमा अध्ययनरत् राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्षमाथि हातपात प्रयास भएको छ ।

कसमस कलेज एकाइ अध्यक्ष पुरुषोत्तम साहमाथि कलेज परिसरमै गौतम खडका, अभिस लिम्बु, सूर्यनारायण यादवले गालीगलोजसँगै हातपातको प्रयास गरेको घटना दुखत र निन्दनीय रहेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाएका छन् ।

घटनापछि प्रहरी वृत सातोबाटोका प्रमुख गौतम मिश्रलाई भेटेर सम्पूर्ण घटनाको जानकारी गराई निवेदन समेत दर्ता गराई हातपात र गालीगलोज गर्नेलाई अबिलम्ब कडाभन्दा कडा कारवाही गर्न महासचिव निस्पक्षले माग गरेका छन् ।

यसरी अध्ययनरत् मधेशी विद्यार्थीमाथि गरेको घटनामा कलेज प्रशासन मौन रहेकोप्रति महासचिव निस्पक्षले घोर आपति जनाएका छन् ।

तत्काल यस्ता घटनाहरुलाई कलेज प्रशासनले समाधान नगरे सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ