राजपुर नगरपालिकामा २३ दिनदेखि धर्ना जारी, नगर प्रमुख मौन

समाचार

7/5/2019

रौतहट, २० असार । रौतहट जिल्लाको राजपुर नगरपालिकामा स्थानीय तहको कर्मचारीले म्याद थप तथा जेष्ठ २७ गते निर्णय बदर गर्नु पर्ने माग राख्दै शुरू गरेको अनिश्चितकालीन धर्ना जारी नै रहेको छ ।

जेष्ठ ३० गतेदेखि कार्यालयको मुख्य गेटमा कर्मचारीहरु करीव ३ हप्तादेखि आन्दोलन गर्दा पनि नगरपालिकाका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतले भने वास्ता गरेका छैनन् ।

मुख्य गेटमा खारिज गरिएको कर्मचारीहरु नियमित रुपमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । असार महिनामा कामको चाप बढी हुने हुँदा कर्मचारीको आवश्यकता हुन्छन् ।

स्थानीय तहका कर्मचारीको समस्या सम्बोधन गर्ने अधिकार दायित्व रहेकोले उत्पन्न समस्याको समाधान गरिनुपर्नेमा नगर प्रमुख मोहमद सकिल अख्तरले कुनै उत्सुकता नदेखाई मौन भई बसेका छन् ।

आन्दोलनप्रति कुनै चासो प्रतिक्रिया नदेखाएमा आन्दोलन गर्ने आफै परास्त हुने सोच मेयरको रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ