सिरहा, ८ कार्तिक । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले टी–२० क्रिकेट टुर्नामेन्ट उद्घाटन गरेका छन् ।
बिहीबार माँ दुर्गा क्रिकेट क्लब कल्याणपुरद्वारा आयोजित क्रिकेट टूर्नामेंटको उद्घाटन श्री रा दु उ मा वि कल्याणपुरको प्रांगणमा प्रमुख अतिथिको रुपमा राज्यमन्त्री मण्डलले गरेका छन् ।
सो अवसरमा राज्यमन्त्री मण्डलले खेलकुदले युवालाई शारिरिक रुपले तन्दुरुस्त तथा मानसिक रुपले स्वस्थ बनाउने बताएका छन् ।
साथै समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समजको निर्माण गर्न समेत मद्दत पुग्ने उनको भनाइ थियो ।
मादक पदार्थ सेवन, धुम्रपान, लागु औषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकूद एउटा राम्रो माध्यम हुने उनले बताए ।
तसर्थ एन्ड्रोइडमा रमाइरहेका युथ जेनेरेसनलाई प्ले ग्राउण्डमा क्रिकेटको बल्ला समाउन र मधेश तथा देशका लागि योगदान दिन आह्वान गरेका छन् ।
प्रदेश सरकार सदैव युवाको साथमा छ र रहने छ भन्ने दाबी गरेक छन् । अहिलेकै युवा पुस्ताले समृद्ध र अधिकार सम्पन्न मधेस तथा देश निर्माण गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया