राज्यमन्त्री मण्डलले थालनी गरे ‘गाउँ उज्यालो अभियान’

समाचार

7/31/2019

सिरहा, १५ साउन । प्रदेश २ का पर्यटन, उद्योग, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले ‘गाउँ उज्यालो अभियान’को थालनी गरेका छन् ।

सिरहा प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको बिसुद्ध गाउँले परिवेश हो । यहाँका जनताहरु बिधुतिय उर्जामा निर्भर छन, जुन आफै आत्मनिर्भर हुन सकेको छैन ।

छिन–छिनमा बत्ती कट्ने (लोडसेडिङ) प्रकोप जारी नै छ । नेपाल विद्युत प्राधिकरणको अबस्था पनि हायलकायल छ ।

यहि आक्रान्त अबस्थाबाट थोरै भएपनि राहत स्वरुप राज्यमन्त्री मण्डलले गाउँ उज्यालो अभियान थालनी गरेको जनाएका छन् ।

पहिलो चरणमा गाउँको चौक चौराहा, हटिया र सार्वजनिक स्थलहरु उज्यालो पार्ने सोंचका साथ टोलटोलमा पर्नेगरी जम्मा ३७ स्थानमा बैकल्पिक उर्जा (सोलार बत्ती) जडान गरेको राज्यमन्त्री मण्डलले जानकारी दिए ।

साँझमा आफै बल्ने र बिहान आफै निभ्ने सेन्सरयुक्त यस सोलार प्रणालीमा डबल लाइट, डबल सोलार प्यानल र हाई क्वालिटी ड्राई ब्याट्री जडान गरिएको उनले जनाएका छन् ।

ब्याट्रीको पाँच बर्ष र बाँकी पोल, प्यानल र लाइटको पच्चीस बर्षको ग्यारेन्टी सोलार कम्पनी समृद्ध नेपालले दिएको छ ।

आगामी दिनमा गाउँ उज्यालो अभियान अन्तर्गत सोलार जडान कार्यक्रमलाई टोलटोलमा पुर्याउने आफ्नो लक्ष्य रहेको राज्यमन्त्री मण्डलले मधेशवाणीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ