रौतहट, २६ साउन । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वगृहराज्यमन्त्री मो.रिजवान अन्सारीले रौतहटमा बाढी पीडितहरुलाई खानेकुरा चामल, दाल, नुन तेल गरी एक–एक वटा झुल वितरण गरेका छन् ।
हेल्पिङ्ग हैन्ड्सको सहकार्यमा अध्यक्ष अन्सारीले बाढी प्रभावित क्षेत्र रौतहट जिल्लाको गौर नगरपालिकाको पुर्णिया, विष्णुपर, मानपुर, धनाडी तथा लक्ष्मीपुरका बाढी प्रभावित क्षेत्रहरुमा पुगेर राहत सामग्री वितरण गरेका हुन् ।
अन्सारीले हेल्पिङ्ग हैन्ड्सको सहकार्य तथा सर्वदलीय प्रतिनिधिहरुको नेतृत्व गर्दै राहत सामग्री वितरणमा जुटेका छन् ।
तपाईको प्रतिक्रिया