रौतहटको मानव सेवा केन्द्रलाई एम्बुलेन्स सहयोग

समाचार

12/15/2019

रौतहट, २९ मंसिर । मानव सेवा केन्द्र रौतहटलाई भारत सरकारको तर्फबाट एम्बुलेन्स सहयोग प्राप्त भएको छ ।

गौर नगरपालिकाकी उपप्रमुख तथा मानव सेवा केन्द्र रौतहटकी अध्यक्ष किरण ठाकुर र कृषि विज्ञ एवं समाजसेवी डा. श्रीभगवान ठाकुरको विशेष पहलमा मानव सेवा केन्द्रलाई एम्बुलेन्स प्राप्त भएको छ ।

सहयोगमा प्राप्त उक्त एम्बुलेन्सबाट सेवा केन्द्र साथै रौतहटको स्वास्थ क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ