रौतहटमा कांग्रेसका श्रेष्ठ विजयी

समाचार

12/1/2019

रौतहट, १५ मंसिर । रौतहटको गढीमाई नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

७ सय ७१ मत ल्याएर श्रेष्ठ विजयी भएका हुन् । नेकपा उम्मेदवार जवार मियांलाई १ सय ७५ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाँले ५ सय ९६ मत ल्याएका थिए । समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याएए ।

१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले बताएका छन् ।

त्यस वडामा १ हजार ५ सय ४९ अर्थात ८५.०१ प्रतिशत मत खसेको थियो ।

बेलुकी साढे आठ बजेबाट गढीमाई नगरपालिका वाड नम्बर १ स्थित शंकर गुदर माबि समनपुरमा मतगणना भएको थियो २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वा्िचत वडाअध्यक्ष जोगी दासको मृत्यु भएपछि सो वडामा निर्वाचन भएको हो ।

मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।

विजयी वाडअध्यक्ष श्रेष्ठलाई जिताउन रौतहट क्षेत्र नंं ४ का सांसद देवप्रसाद तिमलसिना सक्रिय भएर लागेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ