रौतहट, १० असार । प्रहरी भ्यान दुर्घटना हुँदा दुई जना कैदीको मृत्यु भएको छ भने प्रहरीसहित ८ जना घाइते भएका छन् । गौर–चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना भएको थियो ।
थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो ।
दुर्घटना परी लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया