रुपन्देही, ९ कार्तिक । रुपन्देही जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–९ शंकरपुरस्थित सडकमा प्रदेश ३–०२–००१ प ८५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बैतडी दशरथचन्द नगरपालिका–११ घर भएका नरसिंह बुडालको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी ओमसिया गाउँपालिका–४ बसन्तपुरस्थित सडकमा एनएल ०१ डि ४७०८ नम्बरको ट्रकले लु.४७ प ८९०५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय बलाराम राईको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय आकाश गुप्ताको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया