रुपन्देहीमा १ हजार ९० साना उद्योग दर्ता, १८ हजार ७ सयलाई रोजगारी

समाचार

10/23/2018

रुपन्देही, ६ कार्तिक । सानो लगानीमा राम्रो आम्दानी भएपछि रुपन्देहीमा घरेलु उद्योग खुल्नेको संख्या बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीमा ७४–७५ मा १ हजार ९० उद्योग दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमध्ये उत्पादन मुलम उद्योग ४ सय २८ सेवामूलक २ सय ९१ पर्यटनमूलक १ सय ८० कृषि तथा बन्यजन उद्योग १ सय ९० रहेका छन् ।

अहिलेसम्म घरेलु तथा सानाउद्योग कार्यलय रुपन्देहीमा ११ हजार ९ सय ३३ उद्योग दर्ता भएको निमित्त प्रमुख युवराज पौडेलले बताए । ती उद्योगमा १८ हजार ७ सय ६२ जनाले रोजगारी पाएको बताएका छन् ।

तीमध्ये महिलाहरु ३ हजार ९ सय ७९ जना र १४ हजार ७ सय ८३ पुरुषले रोजगारी पाएका छन् । महिला हरुले ३ हजार १ सय ६ उद्योग दर्ता गरेका छन भने पुरुषहरुले ८ हजार १ सय २६ दर्ता गरेको घरेलुको तथ्यांकमा उल्लेख गरिएको छ ।

ति दर्ता भएका उद्योग मध्यृ ५ हजार ६ सय ८० उत्पादनमुलक उद्योग रहेको छन भने ३ हजार २ सय ९० सेवामुलक २२ सय पर्यटन मुलक र ७ सय ४५ कृषि तथा बन्यजन उद्योग रहेको पौडेलले बताए ।

उद्योग सञ्चालनका लागि ८ अर्ब ६० करोड ३९ लाख रहेको छ भने स्थिर पुजी १२ अर्व ३० करोड ९६ लाख भन्दा बढी रहेको उनको भनाई छ । घरेलुमा ३ करोड भन्दा कमका उद्योग मात्र दर्ता हुने ब्यवस्था रहेको छ ३ करोड भन्दा माथिको उद्योग बिभागमा दर्ता हुने पौडेलले बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीका अनुसार रुपन्देहीमा उद्योग खोल्नेको संख्या बढदो रहेको बताएका छने । घरेलुमात्र होइन ठुला उद्योग समेत खोल्नेको संख्या बढ्दो रहेको बताएका छन् ।

जिल्लामा बिमानस्थल हुनु सिमानाका नजिक पर्नु प्रदेशको राजधानी बन्नु लगायतका थुप्रै कारण रहेको बताए ।

अझै नितिगत समस्या हटनेहो भने घरेलु उद्योग तथा अन्य उद्योग बिस्तार गर्नेको संख्या बढने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ