रुपन्देही : बसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

6/19/2019

रुपन्देही, ४ असार । देबदह नगरपालिका १० चरंगे जंगलस्थित सडकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

ना.४ ख ५२५० नम्बरको बसमा लु.४६ प ६१२३ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका ७ दिपनगर बस्ने २० वर्षीय ऋषि क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ