राप्रपा रौतहटको अध्यक्षमा सिंह मनोनयन

समाचार

9/25/2019

रौतहट, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला तदर्थ कार्य समितिको अध्यक्षमा राजेश्वर प्रसाद सिंह मनोनीत भएका छन् ।

विघटन भएका जिल्ला कार्य समितिको पुनर्गठनका लागि केन्द्रीय कार्यालयले पार्टीको विधान २०७३ को दफा (ङ) बमोजिम जिल्ला तदर्थ कार्य समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।

पार्टीका केन्द्रीय महामन्त्री भास्कर भद्राले जारी गरेको पत्रअनुसार सिंहलाई जिल्लामा सक्रीय रहेका सदस्यहरुलाई समावेश गरी जिल्ला तदर्थ समिति शीघ्र गठन गर्न निर्देशन समेत दिइएको छ ।

रौतहटको सम्पूर्ण स्थानीय तहमा पार्टीको संगठन सुढ़ृढीकरण र विस्तार गरी जिल्ला परिषद् सम्पन्न गराउन निर्देशन सहित आग्रह गरिएको अध्यक्ष सिंहले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ