राविमका संस्थापकको निधन

समाचार

8/25/2019

महोत्तरी, ७ भाद्र । जलेश्वरस्थित रामानन्दन विशेश्वर महेन्द्र(राविम) क्याम्पसका संस्थापकमध्येका महेन्द्र रायको निधन भएको छ ।

रायको निधनप्रति क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष चौधरी, क्याम्पस प्रमुख आलम राइन, श्रीराम मिश्रासहितका ब्यक्तिहरुले संयुक्तरुपमा शोकवक्तव्य जारी गरेका छन् ।

जलेश्वरमा २०३७ सालमा क्याम्पस स्थापना गर्न रायसहितका ब्यक्तिले प्रमुख भूमिका खेलेका थिए ।

महोत्तरी गाउँपालिका २ निवासी रायले तत्कालिन महोत्तरी गाबिसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाअध्यक्ष, अध्यक्ष हुँदै सांसद तथा राज्यमन्त्री समेत भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ