राष्ट्रपति भण्डारीद्वारा गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा टेलिफोनमार्फत उद्घाटन

समाचार

9/29/2019

बारा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक पाँच–पाँच वर्ष वर्षमा लाग्ने गढीमाई पञ्चवर्षीय शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रमलाई टेलिफोनमार्फत् उद्घाटन गरेकी छन् ।

आइतबारदेखि बाराको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम सुरु भएको छ ।

मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई क्षेत्रको योगदानबारे चर्चा गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाई क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले प्रदेश २ सरकारले अगाडि सारेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमको सराहना गर्दै सो कार्यक्रममा आफ्नो पूर्ण समर्थन रहेको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ